Police Office
२०८०-०४-१८
जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको ।
जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौडा बनकेवा चोक स्थित पृथ्विराजमार्गमा बेलचौताराबाट दुलेगौडा तर्फ जाँदै गरेको ग ९ प ७०६८ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ५ बेलचौतारा बस्ने बर्ष ३० को मदन थापाको दायाँ कुममा चोट लागि घाईते भई उपचारको लागि तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार पश्वात २९ गते ००:५० बजे थप उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाईएको ।
जिल्ला तनहुँ आबुखैरेनी गा. पा.४ वेनिटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा७८प ४६८३ न.को मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडक छेउको नालिमा पल्टिन जाँदा जिल्ला चितवन ईच्छाकामना गा.पा.५ वस्ने वर्ष २१ को साहिल सेरचनको अनुहारमा चोट लागि बोल्न नसक्ने गम्भिर अवस्थामा छ भनी खबर प्राप्त हुनासाथ इ.प्र.का.आबुखैरेनीबाट प्रहरी टोलि खटि गई उद्धार गरि एम्वुलेन्समा राखि उपचारको लागि चितवन तर्फ पठाएको ।
जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बालोदयचोक स्थित BAA ७६८९ नं.को स्करपियोले पैदलयात्री ऐ.बस्ने वर्ष ८३ कि चन्दकला पौडेललाई ठक्कर दिँदा घाईते भई उपचारको लागि चरक मेमोरियल अस्पतालमा लगेको, दुबै हात, बाँया खुट्टा र टाउकोमा चोट लागेको, स्करपियो र चालक पोखरा म.न.पा.२२ कोदी बस्ने वर्ष ४० को सन्तोष सुनार प्रहरी नियन्त्रणमा रहेको ।
जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा न ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा बिरगंजबाट पोखरा तर्फ आउदै गरेको बा.प्र ००७ ख ०५६३ नं. को बसलाई पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेजजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्सा बहुदरमाई न.पा ६ बस्ने बर्ष ३१ को ललन महराले सपिङ झोला भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागुऔषध निट्राजिपम (NITRAZEPAM) ५० पता फेला पारी निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ।