प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : बागलुङ

२०८१-०४-१३

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ निसिखोला गा.पा.२ जुग्जाखोला स्थित मध्यपहाडी लोकमार्गमा झिवाखोला देखि बुर्तिबाङ तर्फ आउँदै गरेको ग ८ प ७७०७ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकमा पल्टन गई दुर्घटना हुँदा चालक जिल्ला बागलुङ तमानखोला गा.पा.२ घर भई हाल ऐ.ढोरपाटन न.पा.१ बुर्तिबाङ बस्ने वर्ष २९ को तिलक गोतामे घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रभास अस्पताल पाल्पा रीफर भएको,दाहिने आँखा मुनी र बायाँ हातमा चोट लागेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।