प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"सामुदायिक सन्देश" बुलेटिन विमोचन

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

वैशाख-१२, पोखरा । 

कास्की जिल्लामा सक्रिय सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुको नियमनकारी संस्था सामुदायिक प्रहरी सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीले वर्षभरी जिल्लाका सम्पूर्ण सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रले समाज रुपान्तरणका लागि गरेका सचेतनामूलक कार्यक्रमहरुको प्रभावकारीताको विषयमा स्पष्ट गराउने उद्देश्यका साथ “सामुदायिक सन्देश” बुलेटिनको २८ औं अंक प्रकाशन गरेको छ ।

समितिले प्रकाशन गरेको बुलेटिनको आज समितिकै सभाहलमा एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी.को प्रमुख आतिथ्यता, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङको विशेष आतिथ्यता र समितिका अध्यक्ष भिम पराजुलीको प्रमुख अध्यक्षतामा विमोचन गरिएको हो ।

“विकृति र विसंगती रहित समाजको निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाल प्रहरीसँग हातेमालो गर्दै सामाजिक कार्यमा सलंग्न सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुले गत १ वर्षको अवधिभर गरेका सचेतनामूलक तथा सहयोगका कार्यक्रमहरुको विषयमा उक्त बुलेटिनमा समावेश गरिएको छ । पोखरा लगायत कास्की जिल्ला भरिनै सक्रिय रुपमा प्रहरीसँग हातेमालो गरी समाजमा शान्ति स्थापनार्थ खटिने समुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रहरुका कार्यक्रमहरुलाई नागरिक सम्म पर्‍याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बुलेटिन चौमासिक रुपमा प्रकाशन गरीने समितिका अध्यक्ष भिम पराजुलीले बताउनुभयो । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख के.सी. र विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख बुद्धिराज गुरुङले समाजमा शान्ति स्थापनार्थ खटिरहेका सामुदायिक सेवा तथा प्रहरी सेवाकेन्द्रहरुलाई सहयोग गर्न आफुहरु सधै तत्पर रहेको बताउनुभयो ।


सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।    

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।