प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की : सवारी दुर्घटना

२०८०-११-२०

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.३ ट्रान्समिटरचोकमा घाचोकबाट टुसे तर्फ जादै गरेको ग १ त ५२५४ नं.को ट्याक्टरमा सोही दिशा तर्फ जादै गरेको ग १२ प ५६२० नं.को मो.सा.चालकले नियन्त्रण गुमाई पछाडिबाट ट्याक्टरमा ठोकिन जाँदा मो.सा.चालक जिल्ला स्याङजा फेदिखोला गा.पा.४ बस्ने बर्ष २६ को प्रमोद पौडेल घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाएको, अनुहार र दुबै खुट्टामा चोट अवस्था मध्यम, उपचारमा ट्याक्टर धनी प्रकाश गुरुङ संलग्न दुबै सवारी साधन र ट्याक्टर चालक प्र.चौ.घाचोकको नियन्त्रणमा ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।