प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०८०-०१-२२

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.८ चालिसेचोक स्थित ग .१ ज ५३१६ नं. को ट्याक्सी र बा. ७२ प ३७९ नं.को मो.सा. एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.पछाडि सवार जिल्ला कास्की पोखरा म.न.पा.१९ बस्ने वर्ष २८ को सरोज सुनार घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको ।

जिल्ला कास्की पोखरा म.न.पा.६ बुलौदी स्थित ग. १३ प ५४४२ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा.६ बस्ने वर्ष २३ को बिपिन पुन घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०८०-०२-११

नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।