प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: सवारी दुर्घटना

२०७८-१२-१४

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ बडिगाँड गाउँपालिका ७ मध्यपहाडी लोकमार्ग स्थित खौँलारमा जलजलाबाट खौँलार तर्फ आउदै गरेको लु ४ त ९६८० नं.को ट्याक्टरले बिपरित दिशा तर्फ जाँदै गरेको बा-०३-०४ प ६९७५ नं. को मो.सा लाई ठक्कर दिँदा मो.सा. चालक जिल्ला रोल्पा परिवर्तन गाउँपालिका ६ बस्ने वर्ष ३० को धिरज रोक्का मगर घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याईएको, अवस्था मध्यम, मो.सा, ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।