प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८०-१२-०२

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा. १४ खसीबजार स्थितमा पोखराबाट पावरहाउस तर्फ जादै गरेको ग १८ प ६३६० नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकको कुलोमा खस्न गई दुर्घटना हुदा मोटरसाइकल चालक जिल्ला कास्की पोखरा म.न.पा.२९ सैनिक बस्ती बस्ने वर्ष २३ को मन्दिप पुन मगर घाईते भई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाएको, टाउकोमा चोट, आँखा सुन्निएको, अवस्था मध्यम भएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।