प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): हाईस र मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-०६-१५

  • A
  • A-
  • A+
Share

देवचुली न.पा.१७ झहरीखोला स्थित पूर्व-पश्चिम राजमार्गमा बा. ४ ख २२६५ नं. को हाईस र गण्डकी प्र.०४-००१ प २७१२ नं. को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला चितवन भ.म.न.पा.२७ बस्ने वर्ष २४ को निरन्जन न्यौपाने घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । हाईस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।