प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला तनहुँ : लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०३-०७

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आबुँखैरेनी गा.पा.४ बेनिटार स्थित पृ.रा.मा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनुषा बाट पोखरा तर्फ आउदै गरेको स.६.प.२९३७ नं.को मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका १० बस्ने बर्ष २० को सुमित कुमार शाहले बोकेको झोलामा नाईट्रोभेट १० लेखेको ५९ पत्ता-(८८५ ट्याब्लेट), नाईट्राजेपाम लेखेको ३ पता (२८ ट्याब्लेट), ६२ पत्ता गरी जम्मा ९१३ ट्याब्लेट लागु औषधसहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने बर्ष ३० को दिपु कुमार यादव सहित दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँमा ल्याई थप अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।