प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पर्वत: सवारी दुर्घटना

२०७९-०१-१९

  • A
  • A-
  • A+
Share

पर्वत, कुश्मा नगरपालिका ८ चुवा स्थित पोखरा - बाग्लुङ सडकखण्डमा कुश्माबाट अम्बोट तर्फ जादै गरेको ध २ प ६१९ नं.को मो.सा.ले ऐ.बस्ने वर्ष अन्दाजी ७५ की राम कुमारी पोख्रेललाई ठक्कर दिदाँ घाईते भई उपचारको लागि जिल्ला अस्पताल पर्वत ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको, अवस्था मध्यम, मो.सा. र चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।