प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ

२०८३-०५-०९

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आबुखैरेनी गा.पा.-४ बेनीटार स्थित पृथ्विराजमार्गमा गाईघाट वाट पोखरा तर्फ आउदै गरेको ग१ख ९७१६ न.को बसलाई मुग्लिङ पुलजीप तनहुँबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सिन्धुली दुधौली न. पा. ३ वस्ने वर्ष २९ को रोशन भुजेलले फेन्सि रातो झोला भित्र कालो टिसर्टले वेरी लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागुऔषध ट्यापन्डाडोल २० पत्ता फेला पारी निज रोसन भुजेललाई नियन्त्रणमा लिइ इ.प्र.का.आबुखैरेनी तनहुँ पठाइ थप अनुसन्धान भई रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।