प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: टिप्परले स्कुटरलाई ठक्कर दिँदा १ को मृत्यु

२०७८-०८-२३

  • A
  • A-
  • A+
Share

मंसिर २३, जिल्ला कास्की पोखरा म.न.पा.२ बाग्लुङ बसपार्क स्थित ना ४ ख ६९८९ नं.को टिप्परले ग ७ प ४८८० नं. को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा. ३ नदिपुर बस्ने बर्ष ५७ को हरी प्रसाद शिल्पकार गम्भीर घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । टिप्पर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
झुन्डी मृत्यू: तनहुँ
२०८०-१२-१३

 जिल्ला तनहुँ भानु न.पा.१० कालिमाटी बस्ने आस बहादुर गुरुङको ढुङ्गामाटोले बनेको, टिनले छाएको कच्ची घरमा डेरा गरि बस्ने, जिल्ला धादिङ रोराङ गा.पा.३ जोगिमारा घर भएको बर्ष २७ को दिल कुमार चेपाङको श्रीमती बर्ष २६ की अजिता चेपाङसँग खाना खाई २०:३० बजे संगै सुतेकोमा अन्दाजी २३:४५ बजे बिउँझिदा निज दिल कुमार चेपाङ बिस्तारामा नभए पछि खोजी गर्ने क्रममा घरको माथी तलामा फलामको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अबस्थामा निजको श्रीमतीले देखि अ.प्र.बिट,कालीमाटीमा जानकारी गराउनासाथ प्रहरी टोली खटि गटी गई घटना स्थल सुरक्षित राखेको र थप अनुसन्धान भईरहेको ।