प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : स्याङ्जा

२०८२-०६-०५

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।