प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : न.प.(पूर्व)

२०८१-१०-२५

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१४ दलदले कृष होटल अगाडी पूर्व-पश्चिम राजमार्गमा नारायणगढबाट बुटवल तर्फ आउँदै गरेको बा.प्र.०६-००१ख ००३६ नं.को बसले पैदल यात्री जिल्ला पर्सा घर भएको वर्ष ४० को सुन्दरदास थारुलाई सडक क्रस गर्दा ठक्कर दिई घाईते भई उपचारको लागि देवचुली नगर अस्पताल दुम्कौली पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवन पठाएको, मुख र निधारमा चोट लागेको, सवारी चालक र सवारी साधन प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।