प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: स्कारपियोले ठक्कर दिँदा १ जना घाईते

२०७९-१२-२७

  • A
  • A-
  • A+
Share

शुक्लागण्डकी न.पा.६ मिलडाँडा स्थित पृथ्बी राजमार्गमा बाग्मती प्रदेश-०१-००२६ च ४२०८ नं.को स्कारपियोले पैदल यात्री जिल्ला पर्वत स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भोटेपानी बस्ने वर्ष १९ कि प्रकृती रानालाई ठक्कर दिंदा घाईते भई कालिगण्डकी रिसर्च अस्पताल पोखरामा उपचार भईरहेको । स्कारपियो चालक घाईतेको उपचारमा संलग्न रहेको ।  स्कारपियो प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।