सवारी दुर्घटना : कास्की
२०८३-०६-१२
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा.११ रानिपौवा टेलिकम स्थित महेन्द्रपुलबाट रानिपौवा तर्फ जादै गरेको ग १० प ४९२७ नं.को स्कुटर र विपरित दिशाबाट आउदै गरेको ग १९ प ८२५० नं.को स्कुटर एकआपसमा ठक्कर खादा ग १० प ४९२७ नं.को स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.१० रामघाट बस्ने बर्ष २१ को नबिन गुरुङ र ग १९ प ८२५० नं.को स्कुटर चालक जिल्ला लम्जुङ घर भई हाल पोखरा म.न.पा.१३ बस्ने बर्ष २१ को लोबिन गुरुङ घाईते भई उपचारको लागी पोखरा ११ फुलबारी स्थित सैनिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी पश्चिम क्षेत्रिय अस्पताल पठाइएको ।