प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ

२०८२-०८-२६

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा काठमाण्डौंबाट बाग्लुङ तर्फ आउदै गरेको बा. प्र. ०३-००१ ख.२८६४ नं. को यात्रुवाहक बसमा सवार जिल्ला बाग्लुङ जैमनी न.पा. ५ बस्ने बर्ष २२ को तिलक शर्माले पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल- ९२ क्याप्सुल नियन्त्रित लागु औषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।