प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी : लमजुङ

२०८१-११-२२

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ बेसिशहर न.पा.८ झ्याङखोला बस्ने बासु बरालको घरमा बेसिशहर न.पा.११ चिति बस्ने बर्ष ४७ को श्याम नारायण श्रेष्ठले संचालन गर्दै आएको चितेली पाहुन भान्साघर होटलमा ग्यास लिग भई अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई दमकलको सहयोगमा ११:५५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको, उक्त आगलागीबाट मनाविय तथा चौपाय क्षती नभएको, होटल भित्र रहेको, भाडावर्तन, फर्निचर, बिजुलीको तार, ग्यास सिलिण्डर र अन्य समानहरू क्षति भएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।