प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा-७, पार्दी पोखरा

कन्ट्रोलः ९८५६०२८४३३, ०६१-४५२५००

ईमेल : gandaki@nepalpolice.gov.np 

प्रहरी चौकी स्तरसम्मको सम्पर्क नम्बरहरु

 

प्रदेश स्तरिय एक दिवसिय अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न ।
२०८१-११-२०

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वयमा जिल्ला कास्की, पोखरा -१७ ड्यामसाईड स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा उच्च अदालत कास्कीका माननिय मुख्य न्यायधिस रत्न बहादुर बागचन्दको प्रमुख आतिथ्यतामा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ । गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी माननिय मुख्य न्यायधिस रत्न बहादुर बागचन्दले साईबर अपराधको अनुसन्धान, अभियोजन तथा न्यायिक निरुपण सम्बन्धमा समेत चर्चा गर्नुहुँदै अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङकहरूलाई समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभएको थियो ।गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनीले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बराल, गण्डकी प्रदेशका मुख्य न्यायधिबक्ता चिरन्जिवी शर्मा पौडेल, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आन्तरिक मामिला तथा सञ्चार महाशाखाका सचिव बाबुराम गौतम, कास्की जिल्ला अदालतका माननिय न्यायधिस नवराज दाहाल र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले शूभकामना मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला सरकारी वकिल कार्यालय कास्की, गण्डकी प्रदेश मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरुको तर्फबाट प्रस्तुतिकरण पश्‍चात् नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरुको सम्बन्धमा अन्तरक्रिया तथा छलफल सहित निर्देशन सम्बोधन गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र खड्काले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उक्त समिक्षा गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र खड्का लगायत गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरु, मुद्धा चल्ने ईकाईका कार्यालय प्रमुखहरु तथा अपराध अनुसन्धान शाखामा कार्यरत सिनियर/जुनियर प्रहरी अधिकृत, बिभिन्न सरकारी निकायका प्रमुख एवम् प्रतिनिधीहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो।

  • सवारी दुर्घटना : न.प.(पूर्व)
    २०८२-०६-०८

    जि.न.प.(पूर्व) गैंडाकोट न.पा.१३ बेल्डिहा चोक स्थित पूर्व-पश्चिम राजमार्गमा अमरापुरी चोकबाट बेल्डिहा तर्फ आउदै गरेको ईभि कारले साईकलयात्री जिल्ला न.प.(पूर्व) गैंडाकोट न.पा.१५ बस्ने वर्ष ३४ की मिना अधिकारी चापागाईलाई ठक्कर दिदा घाईते भई उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर पठाएको, कार र चालक जिल्ला पाल्पा तिनहु गा.पा.६ बस्ने वर्ष २५ को रबिन बगाले मगर प्रहरीको नियन्त्रणमा रहेको । 

    [ विस्तृतमा ]
  • सवारी दुर्घटना : स्याङ्जा
    २०८२-०६-०५

    जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।

    [ विस्तृतमा ]
  • आगोलागी : कास्की
    २०८२-०५-३१

    जिल्ला कास्की पोखरा म.न.पा.४ मानव अधिकारचोकमा रहेको RK बिल्डिङको तेस्रो तलामा कुमार गुरुङले संचालन गर्दै आएको रुपा हिल दोहोरी साँझको किचन कोठामा विद्युतको तार सट भई आगोलागि भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली, स्थानिय र दमकलको सहयोगमा ०५:४५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको, १ थान AC, १ थान फ्रिज, ३ थान सोफा र बिभिन्न ब्राण्डका रक्सीहरु जली क्षती भएको, मानवीय क्षती नभएको ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-०६-०९ जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरुको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)
२०८२-०४-२६ प्रहरी सहायक निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०४-२६)
२०८२-०४-२२ प्रहरी जवान (प्राविधिक) पदको लिखित परीक्षा केन्द्र निर्धारण गरिएको सम्बन्धी सूचना (२०८२-०४-२२)
२०८२-०४-०२ जनपद प्रहरी समूहतर्फका प्र.स.ह.हरुको पदस्थापन सम्बन्धमा (मिति २०८२।०४।०२ गते) ।
२०८२-०४-०२ प्राविधिक प्रहरी समूह, विधिविज्ञान उपसमूहतर्फ र स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फ प्र.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।०४।०२ गते)।
२०८२-०४-०२ प्रहरी जवान (प्राविधिक) पदको लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी सूचना (२०८२-०४-०२)
कुनै परिणाम भेटिएन...
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

HAMRO PAHARI. हाम्रो प्रहरी Episode-42
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम - २०७९-१२-०३
रेडियो कार्यक्रम - २०७९-११-२९

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।