प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८३-०५-०३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा. १ सिम्पानी स्थित हेम्जा बाट पोखरा तर्फ आउदै गरेको ग.प्र.०१-००१ प ३२६८ नं. को स्कुटर आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन जाँदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा. १३ बाझापाटन बस्ने बर्ष ३३ को प्रताप बि.क.र पछाडी सवार ऐ. १७ विरौटा बस्ने बर्ष ३५ को प्रकाश सुनार घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, स्कुटर प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।