प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: न.प.(पूर्व)

२०८०-११-२७

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) मध्यबिन्दु न.पा.७ मुरेलिखोला स्थित भित्रि सडक खण्डमा लु ३३ प ५१७४ नं.को मोटरसाईकल बिपरित दिशाबाट आउदै गरेको ना २४ प १४६० नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा लु ३३ प ५१७४ नं.को मो.सा. चालक ५ बागखोर बस्ने बर्ष २८ को राजु मल्ल ठकुरी, दाहिने घुँडामा चोट अवस्था सामान्य  र ना २४ प १४६० नं.को मो.सा चालक ऐ.बस्ने बर्ष २६ को राज जि.सी.नाकमा चोट,अवस्था मध्यम मध्यबिन्दु नगर अस्पताल चोरमारामा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन रिफर,दुवै सवारी साधन चौकिको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।