प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: सवारी दुर्घटना

२०७८-१०-२०

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ तमानखोला गाउँपालिका १ बोङ्गादोभान स्थितमा बोङ्गादोभानबाट बुर्तिबाङ तर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ७७४९ नं.को मो.सा.ले पैदल यात्री ऐ.ढोरपाटन न.पा.४ भालिबाङ बस्ने वर्ष ३० की पिपला घर्ती लाई ठक्कर दिई फरार रहेको, घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भईरहेको, अवस्था मध्यम, उपचारमा निजको आमा संलग्न रहेको, उक्त मो.सा. र मो.सा. चालकको खो.त.कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।