प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१०-२९

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ चालीस किलो जंगल स्थित पूर्व-पश्चिमराजमार्गमा प्रहरीको RSCC टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु७५प ५८४५ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा. चालक जिल्ला नवलपरासी (पश्चिम) सरावल गाउँपालिका ६ बस्ने वर्ष २२ को बिकेश तेली र मो.सा. पछाडि सवार ऐ.पालिनन्दन गाउँपालिका १ बस्ने वर्ष १९ को करन कुर्मीको साथबाट नाईट्रोभेट ३०० ट्याप्लेट लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । साथै माथि उल्लेखित परिमाणका लागूऔषध लिनको लागि आएको जि.न.प.(पूर्व) देवचुली न.पा.१४ बस्ने वर्ष २७ को विशाल न्यौपानेलाई ऐ.कावासोती न.पा.११ लोकाहा पुलबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।

सवारी दुर्घटना : न.प. (ब.सु.पूर्व)
२०८३-०४-२८

जिल्ला न.प. (ब.सु.पूर्व) देवचुली न.पा.१७ झरहेखोला स्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट नारायणगढ तर्फ जाँदै गरेको ना.६ ख.२३०३ नम्बरको बसले बेल्डिहाबाट रजहर तर्फ आँउदै गरेको ग.प्र.०४००२ प.४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला न.प.(ब.सु.पूर्व) कावसोती न.पा. १२ बस्ने बर्ष ३५ को हिमलाल लामिछाने र स्कुटर पछाडी सवार जिल्ला स्याङजा रापाकोट बस्ने बर्ष ६७ को लिलाधर चापागाई २ जना घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज चितवन पठाएको,स्कुटर, बस.र बस चालक जिल्ला न.प.(ब.सु.पूर्व) देवचुली न.पा. छतिसघर बस्ने बर्ष ४२ को धुब्रनारायण श्रेष्ठ प्रहरीको नियन्त्रणमा ।