प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा : जिल्ला तनहुँ

२०८१-०७-०५

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका ४ बेनीटार पृथ्वी राजमार्गमा खटिएको प्रहरीको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको बा१प १३९० नम्बरको पर्यटक बसमा सवार जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका बस्ने वर्ष २२ को सरोज सुवेदीले काटुन भित्र लुकाई छिपाई प्रतिबन्धित लागुऔषध Diazepam लेखेको १५४ एम्पुल, Phenergan १५४ एम्पुल र Buprenophin १५४ एम्पुल गरी जम्मा ४६२ थान एम्पुल लागु औषध सहित निजको साथि जिल्ला कास्की पोखरा महानगरपालिका ९ घर बताउने वर्ष २० को बिकास श्रेष्ठ सहित दुबै जनालाई नियन्त्रणमा लिई आँबुखैरेनी ल्याई थप अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।