प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८२-०३-०५

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ४ थर्पु बजार स्थित पृथ्बिराजमार्गमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १२ प ७६३५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको HR13H2745 नं.को भारतिय नं.प्लेटको कारले ठक्कर दिई घाईते भएका मोटरसाइकल चालक जिल्ला खोटाङ बारपोखरी ७ थाप्लाङ बस्ने बर्ष ३४ को भबिल तामाङको छातीमा ,निजको श्रीमती मनिषा श्रेष्टको वायाँ खुट्टा र आँखा मुनि चोट  उपचारको लागी म्याग्दे पोली किल्निक थर्पु तनहुँमा उपचार भइरहेको, दुबै घाइतेको अबस्था मध्यम, सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।