प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : स्याङ्जा

२०८१-०२-२४

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङजा फेदीखोला गा.पा.२ खड्केटारी सि.रा.मा कोल्मा स्याङजाबाट पोखरा तर्फ जादै गरेको ग ३ च ९८१४ न.को बलेरो जिप चालकले नियन्त्रण गुमाई बाटो देखी १५० मिटर तल खस्न जादा जिपमा चालक सहित २ जना सवार दुबै जना घाईते भएको भनि गाडी साहु घटना स्थलमा आई प्रहरीलाई खबर गरे पश्चात प्रहरी टोली खटी गई घाईतेलाई उपचारको लागि पोखरा तर्फ पठाईएको । घाइते हुनेमा जिल्ला स्याङजा बिरुवा गा.पा.६ बस्ने वर्ष २३ को शिबराम शर्मा र वर्ष २३ को छबिलाल भुजेल रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।