प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : लमजुङ

२०८३-०३-२६

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ सु.न.पा.९ फुलबारी स्थित बेशिसहर-डुम्रे सडक खण्डमा सिउडीबारबाट पाउदी तर्फ जादै गरेको बा.प्र.०३००१ ख ४२३९ को EV माईक्रोले पैदल यात्री बस्ने वर्ष ८५ की सुनमाया घलेलाई ठक्कर दिदाँ घाइते भई उपचारको लागि भोटेओडार अस्पताल प्रा.लि.सिउडीबार लमजुङमा पठाइएको, चालक सुन्दरबजार.न.पा.१० कोइरालाफाँट बस्ने वर्ष २९ को उत्तम गौतम प्रहरीको सम्पर्कमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।