प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.०८ आलुमाईलाचोकमा सिद्दार्थचोक बाट सृजनाचोक तर्फ आउदै गरेको ग १३ प १८७७ नं. को मो.सा. चालकले नियन्त्रण गुमाई सडकमा पल्टिई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला कास्की अन्नपुर्ण गा.पा.१० घान्द्रुक घर भई हाल पोखरा म.न.पा. ९ कृष्णटोल बस्ने वर्ष २५ को सन्तोष नेपाली घाइते भई उपचारको लागि गण्डकी मेडीकल कलेज लगेको, अनुहार, बायाँ कान र दायाँ कोखमा चोट, अवस्था सिरियस बोल्न नसक्ने, उपचारमा पछाडी सवार बस्ने नबिन बि.क. संलग्न रहेको । प्रहरी द्वारा थप अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।