प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश स्तरिय एक दिवसिय अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न ।

२०८१-११-२०

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वयमा जिल्ला कास्की, पोखरा -१७ ड्यामसाईड स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा उच्च अदालत कास्कीका माननिय मुख्य न्यायधिस रत्न बहादुर बागचन्दको प्रमुख आतिथ्यतामा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ ।
गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी माननिय मुख्य न्यायधिस रत्न बहादुर बागचन्दले साईबर अपराधको अनुसन्धान, अभियोजन तथा न्यायिक निरुपण सम्बन्धमा समेत चर्चा गर्नुहुँदै अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङकहरूलाई समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभएको थियो ।
गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनीले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बराल, गण्डकी प्रदेशका मुख्य न्यायधिबक्ता चिरन्जिवी शर्मा पौडेल, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आन्तरिक मामिला तथा सञ्चार महाशाखाका सचिव बाबुराम गौतम, कास्की जिल्ला अदालतका माननिय न्यायधिस नवराज दाहाल र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले शूभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला सरकारी वकिल कार्यालय कास्की, गण्डकी प्रदेश मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरुको तर्फबाट प्रस्तुतिकरण पश्चात् नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरुको सम्बन्धमा अन्तरक्रिया तथा छलफल सहित निर्देशन सम्बोधन गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र खड्काले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
उक्त समिक्षा गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र खड्का लगायत गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरु, मुद्धा चल्ने ईकाईका कार्यालय प्रमुखहरु तथा अपराध अनुसन्धान शाखामा कार्यरत सिनियर/जुनियर प्रहरी अधिकृत, बिभिन्न सरकारी निकायका प्रमुख एवम् प्रतिनिधीहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो।

सम्बन्धित समाचार
अवलोकन भ्रमण कार्यक्रम सम्पन्न ।
२०८२-१२-२७

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभुत तालिम १- १८४ औं” समूहका प्रशिक्षार्थीहरुद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंका प्रशिक्षक प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालको नेतृत्वमा देश दर्शन तथा अवलोकन भ्रमणको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा आउनुभएका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभुत तालिम १- १८४ औं” समूहका प्रशिक्षार्थीहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपेन्द्र जि.सी.ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.ले गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीको सांगठनिक संरचना, व्यावसायिक प्रहरी सेवा प्रवाह, गण्डकी प्रदेशको समग्र अपराधको अवस्था र सुरक्षा व्यवस्थापन लगायत भौगोलिक अवस्थाको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।