प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

२०७९-१२-०३

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.४ चिप्लेढुङ्गा स्थित ग. १ ख ७१०८ नं. को बसले ग. १९ प ९९८९ नं. को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक जिल्ला झापा दमक न.पा.४ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. ५ पर्स्याङ बस्ने वर्ष २४ कि दिक्षा कार्की गम्भीर घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । बस र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।