प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला कास्की : लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-१९

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका ८ लुम्रे पुल स्थित सिदिङ देखी भेडावारी तर्फ आउँदै गरेको लु.प्र.०१-००६प ०८३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा जिल्ला म्याग्दी मंगला गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपलिका २५ हेम्जा बस्ने बर्ष २१ को योगेश रोका, जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा बस्ने बर्ष १८ की सारा सुनार सवार व्यक्तिहरुको साथमा अन्दाजि २.५ के.जी.लागुऔषध (गाँजा) फेला पारी मोटरसाइकल सहित प्रहरीको नियन्त्रणमा अन्य अवस्था सामान्य  ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।