प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८०-१०-२१

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.२ बसपार्क पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट मुग्लिङ जाँदै गरेको बा.प्र.०२-०२८प ३७११ नं.को स्कुटर र विपरित दिशाबाट आउदै गरेको बा१प १०१८ नं.को बस एक आपसमा ठक्कर खाँदा स्कुटर चालक जि.गोरखा गोरखा न.पा.१० बस्ने वर्ष २८ को सन्तोष कुमालको दाहिने खुट्टामा चोट अवस्था मध्यम, आँबुखैरेनी अस्पताल आँबुखैरेनीमा उपचार भई रहेको, प्रहरी टोली खटीगएको, दुबै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।