प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: जीप दुर्घटना हुँदा चालकको मृत्यु, अन्य ७ जना घाईते

२०८०-०१-०३

  • A
  • A-
  • A+
Share

शुक्लागण्डकी न.पा.१२ पिउरीदोभान स्थित भित्री सडक खण्डमा ग. १ ज ७९४२ नं.को जीप अनियन्त्रित भई दुर्घटना हुँदा जीप चालक जिल्ला स्याङजा पुतलिबजार न.पा.-६ बस्ने वर्ष ३९ को कुल बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको । जीपमा सवार जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.-१२ बस्ने बर्ष ३५ कि वविता भुजेल लगायत ६ जना घाईते भई जि.पि.कोईराला श्वासप्रश्वास केन्द्र बेलचौतारा तनहुँमा उपचार भईरहेको । जीप घटनास्थलमा रहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।