प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खोचबाट उद्दार तथा प्राथमिक उपचार नमुना अभ्यास सम्पन्न ।

२०७९-०३-०७

  • A
  • A-
  • A+
Share

असार-०७, पोखरा कास्की

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा केही विशेष काम र आत्महत्याको शिलशिलामा खोच वा भिरमा फसेका घाईते तथा मृतकको उद्दार सम्बन्धी सिमुलेशन अभ्यास सम्पन्न भएको छ ।

आजभोली सर्वाधिक चलेको मोबाईल टिकटक बनाउन पनि खोच वा भिरमा फस्ने घटनाहरु भएको पाईन्छ । यस्ता गलत काम नगर्न सन्देश दिदै त्यस्ता घटना भईहाले नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरिएको हो ।

विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन गरीएको उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री विश्वकर्माले प्रहरीद्वारा विपद् उद्दारका कार्यहरुको उच्च मूल्यांकन गरिरहेको बताउँदै उत्कृष्ट सिमुलेशन प्रदर्शन गरेकोमा धन्यवाद प्रकट गर्नु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण हरी शर्माले कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै विपद् जुनसुकै बेला आउन सक्ने भएकोले प्रहरी कर्मचारी २४ सैं घण्टा तयारी अवस्थामा रहन निर्देशन दिनु भएको थियो ।

वर्षाको समयमा बढी पहिरो लगायत अन्य प्रकारका विपद्‍मा त्यस्ता ठाँउमा जान अझ बढी खतरा हुन्छ । आम नागरिकहरूले विपद्को समयमा के गर्ने, विपदको समयमा सम्बन्धित निकाय बीच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

विवाहको लागि घर परिवारले सहमति नदिए पछि भिरबाट हाम फाली आत्महत्या प्रयास गरेका एक प्रेमि जोडीको उद्दार गरी अस्पताल पठाईएको कथा वस्तुलाई नाटकिय रुपमा प्रस्तुत गरीएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।