प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्वास्थ्य शिविर उद्‍घाटन

२०७९-०४-२१

  • A
  • A-
  • A+
Share

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले नेपाल प्रहरी र नागरिकको संयुक्त सहभागितामा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानी पोखराले बिभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा-१३ स्थित तारापुञ्ज आवासिय विद्यालयमा आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको छ ।

अस्पताल तथा औषधीको असहज पहुँचलाई मध्यनजर गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीले कास्की मोडेल हस्पिटल, गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती महाशाखा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसंगको सहकार्यमा उक्त नि-शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक जोशीले नेपाल प्रहरी नागरिक संगको सहकार्यका  सधै तयार रहेको बताउदै गण्डकी प्रदेशलाई लागुऔषध तथा अन्य विकृति मुक्त प्रदेश बनाउन सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्रहरुले  प्रहरीलाई सहयोग गर्ने अपेक्षा समेत व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अजय के.सी, पोखरा महानगरपालिका-१३ का वडाअध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।    

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।