प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी : कास्की

२०८३-०१-१६

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा स्थित गौरी शंकर मा.बि.को परिसरमा रहेको ऐ.२४ कास्कीकोट बस्ने वर्ष ४० को जिवनाथ सुबेदीले संचालन गरेको क्यान्टिन खाजा घरमा अचानक ग्याँस सिलिण्डर लिंक भई आगोलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई प्रहरी र स्थानीयको सहयोगमा १०:३० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको, उक्त आगोलागीबाट क्यान्टिन भित्र रहेका सामानहरु तथा खाद्यान्न पुर्ण रुपमा जलेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।