प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला मुस्ताङ : झुण्डी मृत्यु

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

जिल्ला मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा. १ रानीपौवा बस्ने बल प्रसाद बि.क.को छोरी वर्ष २१ की बिमला बि.क. जिल्ला मुस्ताङ स्थित आफ्नै घरदेखि ५०० मिटर टाढा रहेको भारतीय धर्मशालाको कोठामा रहेको मिटर बक्सको तारले पासो लगाई झुण्डिएको अवस्थामा निजको बहिनी सबिना बि.क. र पझोङ गा.पा. ५ बस्ने वर्ष २४ रोहन बि.क.ले देखि तत्काल पासो खोलि हेर्दा मृत्यु भईसकेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको,शव पासो खोलिएको अवस्थामा भुईमा रहेको, थप अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।