प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०२-२०

  • A
  • A-
  • A+
Share

म्याग्दी, बेनी नगरपालिका २ आन्नद बगर स्थित बेनीबाट पोखरातर्फ जाँदै गरेको ग१ज ७३९३ नं.को जिप र बागलुङबाट बेनीतर्फ आउँदै गरेको ध२प २९७६ नं.मो.सा.एक-आपसमा ठोक्किँदा मो.सा.चालक जिल्ला म्याग्दी बेनी नगरपालिका ६ अर्थुङ्गे बस्ने वर्ष ४१ को प्रकाश शर्मा र मो.सा.पछाडी सवार निजकै श्रीमती वर्ष ३६ की गंगा शर्मा घाईते भई, अवस्था मध्यम, दुवै घाईतेको बेनी अस्पताल म्याग्दीमा उपचार भईरेहेको, दुवै सवारी साधन र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।