प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मुस्ताङ: हिम पहिरो

२०७८-०७-२८

  • A
  • A-
  • A+
Share

कार्तिक २८, जिल्ला मुस्ताङ थासाङ गाउँपालिका २ बोक्सी खोला तर्फ प्रहरीको २ जनाको टोली गस्ति गर्दै जाने क्रममा मानापाथी हिमालकोको हिउ पग्लेर हिम पहिरो आई रहेको देख्नासाथ नजिक रहेको पाँच घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा पठाईएको, खोलाको अबस्था सामान्य रहेको । उक्त टोली खोला बढ्न सक्ने आशंकाले त्यस स्थानमा नै रहेको । मानबिय क्षेति नभएको । साथै थासाङ २ न्याउरिकोट गाउँसम्म हिउ आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मुस्ताङबाट १० जनाको प्रहरी टोली खटि गएको ।

भौतिक क्षति:-

१. जिल्ला मुस्ताङ थासाङ गाउँपालिका २ न्याउरीकोट बस्ने बर्ष ५० कि रमला तुलाचनको ढुङ्गा माटोले बनेको टिनको छाना भएको २ तले कच्चि घरको छाना उडाएको ।

मानविय क्षति:-

श्री जन आर्दश अम्मर सिंह मा.बि.मा भागदौड हुँदा भएको घाईतेहरु :-

१. जिल्ला ललितपुर गोदावरी न.पा. ११ चापागाउ घर भई हाल सोहि विद्यालयको शिक्षिका बर्ष २८ की अनु देसाद, अबस्था सामान्य ।

२. जिल्ला म्याग्दी घर भई हाल सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत वर्ष १६ की अनुसा खत्री, अवस्था सामान्य ।

३. ऐ.अन्नपुर्ण गा.पा ६ घर भइ हाल सोही बिद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १४ को संगम बडुवाल बाँया खुट्टामा भित्री चोट ।

४. ऐ.मालिका गा.पा. ५ घर भई हाल सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत बर्ष १७ की मिलन पुन, दाहिने खुट्टामा चोट अवस्था सामान्य ।

५. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ सौरो घर भई ऐ. विद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १५ की अमृता रोकामगर दाहिने खुट्टामा चोट अवस्था सामान्य ।

६ . जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा. ४ तातोपानी घर भई हाल सोहि विद्यालयको कक्षा ८ मा अध्ययनरत वर्ष १४ की सुजिना के.सी. दाहिने खुट्टामा भित्री चोट अवस्था सामान्य ।

७. जिल्ला पर्वत मोदी गा.पा. २ घर भई सोही विद्यालयको शिक्षक वर्ष २३ को बिरेन्द्र लामिछाने बाया खुट्टामा भित्री चोट ।

८. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ कोवाङ घर भई हाल सोही विद्यालयको वाल कक्षामा अध्ययनरत वर्ष ४ की अनुशा बि.क. दाहिने खुट्टामा चोट अवस्था सामन्य

९. जिल्ला म्याग्दी बे.न.पा. ४ घर भई हाल सोही विद्यालयमा अध्ययनरत वर्ष १४ की स्नेहा किसान बाया खुट्टामा चोट अवस्था सामान्य ।

१०. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ कोवाङ घर भई हाल सोही विद्यालयको कर्मचारी वर्ष २८ की कोरिसा वि.क. बाया खुट्टामा भित्री चोट अवस्था सामान्य ।

११. जिल्ला स्याङ्जा घर भई हाल सोही विद्यालयको शिक्षिका वर्ष २९ की शुसिला थापा मगर दाहिने खुट्टामा चोट अवस्था सामान्य ।

माथि उल्लेखित घाईतेहरुको जिल्ला अस्पताल जोमसोममा उपचार भईरहेको ।

सम्बन्धित समाचार