प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : मनाङ

२०८१-०७-३०

  • A
  • A-
  • A+
Share

जिल्ला मनाङ नासों गा.पा.३ धारापानी स्थित बेशीसहर चामे सडक खण्ड अन्तरगत बेशीसहरबाट चामे तर्फ आउदै गरेको (मनाङ मस्याङ्दी हाईड्रो पावर प्रोजेक्टको टिपर) TATA L-PK1212 A23 नं.को (हाइड्रो पावरको सामान बोकेको) टिपर चालकले नियन्त्रण गुमाई सडकबाट ५ फिट तल खस्दा टिपर चालक जिल्ला कन्चनपुर शुक्लाफाँट न.पा.१२ बस्ने बर्ष ५१ को राम बहादुर बोहोरा सामान्य घाईते भई स्थानिय अस्पतालमा उपचार भईरहेको, टाउकोमा चोट लागेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।