प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८१-०२-३०

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की अन्नपूर्ण गा.पा.२ ढिकुरपोखरी स्थित पार्किङबाट निकाल्दै गरेको भे ६ प ७९८७ नं. को मोटरसाइकलले पैदल यात्री वर्ष ५२ की लक्ष्मी सुनारलाई ठक्कर दिँदा घाईते भई उपचारको लागी फिस्टेल अस्पताल ल्याएको,टाउको,ढाड र दुवै खुट्टामा चोट,अवस्था मध्यम,उपचारमा भाई सुरेश सुनार संलग्न, मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।

सवारी दुर्घटना : न.प. (ब.सु.पूर्व)
२०८३-०४-२८

जिल्ला न.प. (ब.सु.पूर्व) देवचुली न.पा.१७ झरहेखोला स्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट नारायणगढ तर्फ जाँदै गरेको ना.६ ख.२३०३ नम्बरको बसले बेल्डिहाबाट रजहर तर्फ आँउदै गरेको ग.प्र.०४००२ प.४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला न.प.(ब.सु.पूर्व) कावसोती न.पा. १२ बस्ने बर्ष ३५ को हिमलाल लामिछाने र स्कुटर पछाडी सवार जिल्ला स्याङजा रापाकोट बस्ने बर्ष ६७ को लिलाधर चापागाई २ जना घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज चितवन पठाएको,स्कुटर, बस.र बस चालक जिल्ला न.प.(ब.सु.पूर्व) देवचुली न.पा. छतिसघर बस्ने बर्ष ४२ को धुब्रनारायण श्रेष्ठ प्रहरीको नियन्त्रणमा ।