प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध सहित मानिस नियन्त्रण

२०७८-०८-०९

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका ३२ मझुवा स्थितमा खटिएको प्रहरी चेकिङ टोलीले काठ्माण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग१ख ८८११ नं.को बसलाई रोकी उक्त बसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.१३ मियाँपाटन बस्ने वर्ष २६ को गोपी नेपालीलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले बोकेको पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याएको अन्दाजी ३ के.जी. गाँजा फेला पारी उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।