प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुघर्टना

२०७८-१२-१६

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका-८ सभागृह स्थितमा ना६ख ४७२५ नं.को ट्रकले ग१४प ६५९८ नं.को स्कुटरलाई ठक्कर दिँदा उक्त स्कुटरमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरू घाईते भई उपचारको लागि GMC लगेको, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न:-

१.स्कुटर चालकः जिल्ला कास्की पोखरा महानगरपालिका-१५ नयाँगाँउ बस्ने वर्ष १८की अन्जना पाईजा,अवस्था सिरियस, उपचारको क्रममा मृत्यु भएको,

२. पछाडी सवारः ऐ.१० घलेचोक बस्ने वर्ष १८ की मिना गुरुङ, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।