प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०८-१९

  • A
  • A-
  • A+
Share

मिति २०८०।०८।१९ गते अन्दाजी २२:३० बजे पोखरा-१४ नयाँपुल स्थितमा साईकलयात्री वर्ष २४ को सञ्जय नेपालीलाई वर्ष २० को पूर्ण तामाङ र वर्ष १८ को आशिष थापामगरले डरत्रास देखाई निजको साईकल लगी गएको भन्ने सुचना प्राप्त हुनसाथ ७ जनाको टोली खटी गई खोज तलास गर्ने क्रममा सोही स्थान नजिकै रहेको दिनेश खाजा घरमा खाजा खाँदै गरेको अवस्थामा साईकल सहित निजहरुलाई फेला पारी सोधपुछ/अनुसन्धान गर्ने क्रममा पूर्ण बहादुर तामाङलाई शङ्का लागी निजको कोठामा गई रितपूर्वक खानतलासी गर्ने क्रममा निजले सेतो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको लागु औषध गाँजा १ किलो ५०० ग्राम फेला पारी उक्त गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिई व.प्र.का. रामबजार ल्याई राखिएको छ ।

सम्बन्धित समाचार