प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०८-१९

  • A
  • A-
  • A+
Share

मिति २०८०।०८।१९ गते अन्दाजी २२:३० बजे पोखरा-१४ नयाँपुल स्थितमा साईकलयात्री वर्ष २४ को सञ्जय नेपालीलाई वर्ष २० को पूर्ण तामाङ र वर्ष १८ को आशिष थापामगरले डरत्रास देखाई निजको साईकल लगी गएको भन्ने सुचना प्राप्त हुनसाथ ७ जनाको टोली खटी गई खोज तलास गर्ने क्रममा सोही स्थान नजिकै रहेको दिनेश खाजा घरमा खाजा खाँदै गरेको अवस्थामा साईकल सहित निजहरुलाई फेला पारी सोधपुछ/अनुसन्धान गर्ने क्रममा पूर्ण बहादुर तामाङलाई शङ्का लागी निजको कोठामा गई रितपूर्वक खानतलासी गर्ने क्रममा निजले सेतो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको लागु औषध गाँजा १ किलो ५०० ग्राम फेला पारी उक्त गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिई व.प्र.का. रामबजार ल्याई राखिएको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।