प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: लमजुङ

२०८०-१२-२३

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा.६ डहरे स्थितमा सुपर न्यादी जल बिधुत आयोजनाको बा १७ च १४६५ नम्बरको जिप हाईड्रोपावरको कामदार पुर्‍याई फर्किने क्रममा बाटोबाट अं.२०० मिटर तल खस्न जाँदा जिप चालक जिल्ला दाङ घर भएको बर्ष अंदाजी ३७ को बिर सिंह परियारको घटनास्थलमानै मृत्यु भएको, जिप घटनास्थलमानै रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली २ जना कमाण्डमा र जि.प्र.का. लमजुङबाट प्र.नि. थानेश्वर चपाई को कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।