प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा :तनहुँ

२०८१-१२-०८

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा अस्थाइ प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलिले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौ बाट गोरखा तर्फ आउदै गरेको बा.प्र.०१.००६ ख.३९७६ नं.को बसमा सवार जिल्ला गोरखा नगरपालिका वडा नं.६ हरामटारी चोक बस्ने अनिल अधिकारीले चाउचाउको काटुनमा लुकाई छिपाई ल्याएको लागु औषध.Tramadol लेखेको ५८८ पत्ता (५८८० क्यप्सुल) सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।