प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला कास्की : सवारी दुर्घटना

२०८१-०३-१४

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका१७ ड्यामसाईड स्थित राष्ट्रबैंकचोकबाट ड्यामसाईड तर्फ जादै गरेको ग१५प ६२१२ नं. को मोटरसाइकिल चालकले नियन्त्रण गुमाई सडक छेउमा पल्टन गई दुर्घटना हुदा मोटरसाइकिल चालक पोखरा महानगरपालिका१७ ड्यामसाईड घारीपाटन बस्ने वर्ष २६ को चोकेश गुरुङ घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, उपचारमा दाजु सुजन गुरुङ संलग्न, चालकको सवारी चालक अनुमति पत्र भएको, मादक पदार्थ सेवन गरेको, मोटरसाइकिल नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।