प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-०४

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका १४ रातोडाँडामा अबैध रुपमा लागूऔषध ओसार पोसार गरेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला कास्की मादी गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा ११ रानिपौवा बस्ने वर्ष २५ को राजेन्द्र परियारलाई रातोडाँडामा हिड्डै गरेको शंकास्पद अवस्थामा खटिगएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले बोकेको निलो कालो झोलामा प्लास्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा फेनारागन ४५, डाईजापम ४५, नुफ्रिन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल ला.औ र रेड्मी मोबाइल १ थान सहित फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।