प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ।

२०७९-०६-१२

  • A
  • A-
  • A+
Share

पोखरा, असोज १२ गते ।
“६७ औं प्रहरी दिवस २०७९”को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रहरी गण, पोखरामा गरिएको उक्त रक्तदान कार्यक्रममा ६३ जना प्रहरी कर्मचारी तथा सर्वसाधारणहरुले रक्तदान गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रम क्षेत्रीय रक्त संचार केन्द्र पोखरा र गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।