प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: न.प. ( पूर्व )

२०८०-११-२३

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) कावासोती न.पा.३ हलचोक स्थित पूर्व-पश्चिम राजमार्गमा कावासोति बाट बर्दाघाट तर्फ जादै गरेको ना ८ ख ८५८६ नं.को ट्रकले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ साईकल चालक जिल्ला अर्घाखाँची मालारानी गा.पा.१ घर भई हाल जि.न.प. (पूर्व) कावासोती न.पा.३ सहिद स्मृती मार्ग बस्ने बर्ष २८ को गोपाल आचार्य घाईते भई उपचारको लागि स्थानिय कालिगण्डकी सामुदायिक अस्पताल पठाईएको, दायाँ हात र टाउकोमा चोट अबस्था सामान्य, उपचारमा घाईतेको दाजु ऋषीराम आचार्य र ट्रक चालक जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा.९ बस्ने बर्ष २७ को भुपाल सुनुवार संलग्न रहेको, ठक्कर दिने ट्रक यस कार्यालयको नियन्त्रणमा रहेको आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।